गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाे छ । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्यबराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष २३ करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको थियो ।…