निर्वाचन आयोगले भन्यो : ‘सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने तयारीमा छौँ’

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन् विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरीकनै निर्वाचनको तयारीमा…