काठमाडौं । भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउँदै छन्। नेपाली सेनाका अनुसार सेठ आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले उनको नेपाल भ्रमण चार दिनको हुने जानकारी दिए। सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा नेपाली सेनाको मानार्थ…