काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन गर्ने वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्। उनले कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार काठमाडौँमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र देखिन सक्ने विवाद तथा मतभेदलाई संवादमार्फत समाधान गर्न सकिने बताए। आगामी १५औँ महाधिवेशनको…