धितोपत्र बोर्डले पायो नेतृत्व, भट्ट बने अध्यक्ष

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा कैलालीका डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टका नातेदार हुन् । यसअघि सरकारले अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर…