तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छ: शिक्षामन्त्री

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताए । उनले भनिन्, “आँखा शरीरको महत्त्वपूर्ण तथा संवेदनशील अंग हो । आँखा…