शेखरलाई संस्थापन पक्षले भन्यो-व्यक्तिगत असन्तुष्टि भए पार्टीभित्रै राख्नुस्

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतर पक्षका नेता डा. शेखर कोइरालालाई पार्टीभित्रको असन्तुष्टि भए सम्बन्धित संयन्त्रमा नै राख्न आग्रह गरेका छन्। कोइरालाले काँग्रेसको कोशी सम्मेलन बहिष्कार गरेको प्रशंगमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले भने, ‘उहाँ कुन अनुकूलताले आउनुभएन, त्यसमा हामी पार्टीबीच एकताबद्ध भएर जानुपर्छ। कुनै मनमुटाब असन्तुष्टि भए जोसुकै…