रामेछाप दुर्घटनामा गोकुलगंगा-४ का वडाध्यक्षको मृत्यु

काठमाडौँ । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु भएको छ । शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर वडाध्यक्षसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार…