काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रूपमा एसएसपी प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले आजबाट पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै एसएसपी घिमिरेले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनहरूमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका…