रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो । आठबिसकोट-२ पहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार…