१३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ

काठमाडौँ- कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागु औषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेसनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो । मंगलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेसन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय सिकन्दर…