इलाम- सूर्योदय नगरपालिका ७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ। कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रूपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो। नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। 'उद्घाटनमा प्रदेशका…