बागमती– हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो । उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भइरहेको व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए…