काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ । उपनिर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाँक्री विजयी भएका हुन् । विजयी भएका झाँक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका नेपाली काँग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए । यो वडामा…