काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्र हितका पक्षमा खुट्टा नकमाउन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पुगेका नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरेका हुन् । ‘अहिले उठिरहेका विरोध कुन उद्देश्यका कारण भइरहेका छन् भन्ने…