भारतको उत्तराखण्डमा ४० यात्रु बोकेको बस खाल्डोमा खस्यो, २० जनाको मृत्यु

काठमाडौ - भारतस्थित उत्तराखण्डको अल्मोडामा करिब ४० यात्रुले भरिएको बस गहिरो खाडलमा खसेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्टनजिक भएको  दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्छ। एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन्। जानकारीअनुसार सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो। बसमा ४० भन्दा बढी यात्रु…