काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै दुवै छिमेकीहरूसँग संवेदनशील भएर प्रस्तुत हुने पक्षमा रहेको बताए। उनले भने, ‘हाम्रो दुवै छिमेकीसँग हाम्रो राजनीतिक नेतृत्वले आई टु आई कुरा गर्ने…