काठमाडौँ। बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान गर्ने निर्णय गरेको छ । सीमाको पहिचान र सीमा विवाद समाधानमा समर्पित भएको भन्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ७४५ स्टर्लिङ पाउन्ड (करिब १ लाख २७ हजार १८८ नेरु) छ…