काठमाडौ - नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ। त्यस्तै, कर्णालीका धेरै र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको महाशाखाले आइतबार बुलेटिनमा उल्लेख गरेको छ। ‘मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको…