काठमाडौं- पोखरामा प्रदर्शनरत रास्वपाका कार्यकर्ता तथा समर्थकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा उनीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बल प्रयोग गरी पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पारेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। यद्यपि,…