अध्यागमनले फर्कायो भिजिट भिसामा विदेश जान लागेका २४ जना महिला

काठमाडौँ । भिजिट भिसामा कुवेत उडाइन लागेका २४ जना युवतीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । मानव तस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरूलाई फर्काइएको अध्यागमन अधिकृत यज्ञराज अर्यालले प्रशासनलाई बताए । उनीहरू हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको…