श्रीमान् सम्झिँदै प्रतिभा भन्छिन्-‘पहिलो पटक साइत हेरेर जानुभएको थियो, मृत्युको साइत रहेछ’

पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन्। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए। एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन…