काठमाडौ। सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ। पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमतिघलिन सोमबारदेखि नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ। विभागका निर्देशक हिमाल गौतमले भने, “पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन)नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ। जस अनुसार…