काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' लाई भेट्न उनको हरिसिद्धिस्थित निवासमा पुगेका छन्। प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच अहिले छलफल चलिरहेको छ। भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा र पार्टी एकताको विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ। माओवादी केन्द्रको हालै बसेको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता…