लिचीबारीदेखि गिरीबन्धु टी इस्टेटसम्म एमालेको संलग्नता : कोइराला

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको दल एमालेलाई सत्तारूढ दल कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जहाँ खाली जग्गा, त्यहाँ एमाले’ भनेर कटाक्ष गरेका छन् । सोलुखुम्बु कांग्रेसको आयोजनामा शनिबार काठमाडौंको सुकेधारामा आयोजित एक कार्यक्रममा कोइरालाले गोकर्ण रिसोर्टदेखि पोखराको लिचीबारी हुँदै झापाको गिरीबन्धु टी इस्टेटसम्मका जग्गा अपचलनमा एमाले जोडिएको बताएका हुन् । ‘जहाँ खाली जग्गा देख्छ, त्यहाँ एमालेको आँखा…