राज्यव्यवस्था समितिको बैठकमा सांसदले मागे गृहमन्त्री श्रेष्ठकाे राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए । 'तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने । राजीनामा नदिए सरकारले अहिले बनाएको…