रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको छ। यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई पूर्ण जिम्मेवारी दिइएको हो। पार्टीले मुकुल ढकालमाथि अनुशासनात्मक कारबाही गरेपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाइएको थियो। बैठकले कार्यवाहक प्रवक्ता मनिष झालाई पनि प्रवक्ताको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ।…