चन्द्रनिगाहपुर — चन्द्रपुर नगरपालिका–३ मा गैंडाटार–चन्द्रनिगाहपुर जोड्ने चाँदी नदी पुलको निर्माण कार्य ठेकेदार पप्पु/शिवशंकर जेभीले अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजारमा ठेक्का सम्झौता भएको यो पुल २०७६ असार ३१ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, ८ वर्ष बितिसक्दा पनि जम्मा ७५% काम मात्र भएको छ। ठेकेदार…