काठमाडौँ । यु-१९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पूजा महतोले फेरि एक पटक प्रेरणादायी प्रदर्शन गरिन् । उनले आज ४ विकेट लिन सफल भइन् ।