चितवन - नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्वीचअफ छ । घटनास्थल पुगेर फर्कदैं गरेका रिजालले भने, ‘चालक सम्पर्कमा छैनन्, घटना शंकास्पद देखिएको छ ।’ दुर्घटनाको अवस्था…