काठमाडौं उपत्यकामा विहानैदेखि बर्षा, आज धेरै ठाउँमा पानी पर्ने

काठमाडौं-। देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज (आइतबार) कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । गए राति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए…