रसुवा। रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ। गोसाइँकुण्ड गाउँपालिकामा प्रहरीले सुराकीको आधारमा ट्रक रोकेर चेकजाँच गर्दा करिब ७ किलोग्राम सुन फेला परेको हो। प्रहरीका अनुसार बरामद सुन सातवटा बिस्कुटको रूपमा थियो। सुनको तौल मापन गर्ने कार्य जारी रहेको र अनुमानित तौल ७ केजी रहेको प्रहरीले जनाएको…