कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

दोधारा चाँदनी। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ। लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन्। अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन। पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई…