त्रिभुवन विमानस्थलमा मानव तस्करीको जालो, अनुसन्धानमा तीव्रता

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा मानव तस्करीको गम्भीर अपराध भइरहेको तथ्य बाहिर आएको छ। अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्स कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा यो संगठित अपराध सञ्चालित छ। दुई वर्षअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १,६४१ राहदानीमाथि गरेको अनुसन्धानले यो कुरा पुष्टि गरेको थियो। स्रोतका अनुसार…