काठमाडौं । बेंगलुरुको चिन्नास्वामी स्टेडियमबाहिर रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को आईपीएल २०२५ को जितको उत्सवमा भगदड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हजारौं समर्थकहरू जम्मा भएर उत्सव मनाउन स्टेडियम पुगेका बेला यो दुखद घटना भएको हो। मंगलबार राति भएको फाइनलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले हराउँदै…