कर्णाली राजमार्ग चार दिन बन्द, कालिकोट, बाजुरा र हुम्लामा असुविधा

कालिकोट । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड मर्मत र स्तरोन्नतिका लागि आगामी मंगलबार (जेठ २०) देखि चार दिनसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। यो बन्द जेठ २४ गते बेलुकासम्म कायम रहनेछ। जिल्ला प्रशासन कार्यालय कालिकोटमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक निर्माण र मर्मत कार्यलाई सहज बनाउन यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले…