काठमाडौँ । कीर्तिमानधारी ओलम्पियन संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक राजीनामा दिएकी छिन् । राष्ट्रिय खेलुकद परिषदले आफूभन्दा जुनियरलाई निर्देशक बनाएपछि अपमान भएको महसुस गर्दै उनले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल…