अर्थ मन्त्रालयले भन्यो- सडक बत्तीको ६ अर्ब ८ करोड सम्बन्धित पालिकासँगै असुल्नू

काठमाडौं। अब सडकमा बलेका बत्तीको महसुल सम्बन्धित स्थानीय तहले नै बेहोर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि सडक बत्ती बापतको बक्यौता रकम स्थानीय तहले बेहोर्नुपर्ने भएको हो । सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । ३३१ पालिकाहरूको गत असारसम्मको…