बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको…