अलपत्र नयाँ सहर : बजेट छैन, योजनाको थुप्रो

काठमाडौँ । आर्थिक वर्ष २०६७/०६८ देखि २०७८/०७९ सम्म देशभर ५४ वटा नयाँ सहर बनाउने भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत् आसलाग्दो कार्यक्रमको घोषणा गर्‍यो । योबाहेक काठमाडौँ उपत्यकामा पनि ४ वटा नयाँ नगर बनाउने विषयलाई पनि उच्च प्राथमिकताका साथ उठायो । तर, आयोजना घोषणा भएको १२ वर्ष बितिसक्दा कुनै एउटाले पनि पूर्णता भने पाउन सकेको छैन…