काठमाडौं- असोज १० देखि १३ गतेसम्म गएको बाढी पहिरोका कारण करिब ४६ अर्ब ५ करोड रुपैयाँ धनजनको क्षति पुगेको सरकारले प्रारम्भिक प्रतिवेदन निकालेको छ। गृह मन्त्रालयले निकालेको यस प्रतिवेदनमा ३८ अर्ब ४४ करोड रुपैायाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको अनुमान गरिएको छ। बाढीका कारण ४१ सडक सञ्जालमा क्षति पुगेको छ। उक्त सडक सञ्जाल मर्मत संभारमा…