सरकारले बाढी पहिरो प्रभावित विभिन्न ४१ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले असोज ११, १२ र १३ गतेको अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्दार र राहत…