साउने झरीकाे असर : हेटौँडाबाट काठमाडौँ आउने सबै सडकमा पहिराे

काठमाडाैँ । हेटौँडाबाट काठमाडाैँ आउने छोटो दुरीका सबै सडकमा पहिराे जाँदा यातायात ठप्प भएकाे छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२ भैँसे बजारबाट २ किलोमिटरको दुरी पहिरो खसेकाले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ…