घाँस काट्ने बहानामा जंगल लगेर बलात्कारपछि हत्या, ५९ वर्षीय पदमबहादुर पक्राउ

विराटनगर । दुई महिनादेखि रहस्य बनेको मोरङको लेटाङ–२ की १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या प्रकरण प्रहरीले सोमबार सुल्झाएको छ। हत्याको मुख्य अभियुक्तका रूपमा प्रहरीले बालिकाकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। गत असोज २१ गते दिउँसो स्कूलचोकमा साथी युरिका महतरासँग खेलिरहेकी अंशुलाई पदमबहादुरले “घाँस काट्न सघाइदेऊ, पैसा दिन्छु”…