दशै तिहारको सामान बोकेका एक सय कन्टेनर अड्कियो खासामा

सिन्धुपाल्चोक । ।अविरल वर्षापछि आएको बाढी पहिरोले छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ। बाह्रविसेदेखि तातोपानी नाकाबीचमा रहेको सडक र पुल भत्किएर सम्पर्क विच्छेद भएपछि दसैंका लागि फलफूल र लत्ताकपडा बोकेर आएका १ सय कन्टेनर खासामा अड्किएका छन्। खासा(तातोपानी जोड्ने दुईवटा पुल बाढीले बगाएपछि तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। चिनियाँ…