न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति बारको असन्तुष्टि

काठमाडौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४ ९पहिलो संशोधन २०८०० को खारेजी माग सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ । महासचिव अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बारका मागलाई सम्बोधन नगरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उक्त निर्णयप्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरिएको छ । “संविधानसम्मत…