कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन्। ३ वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका रानाले घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन्। ५ वर्षदेखि उनले केरा खेती गर्दै आएका छन्। उनले वार्षिकरुपमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको केरा बिक्री गर्दै आएका छन्।…