काठमाडौ। प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक वृद्ध दम्पतीको हत्या भएको छ। अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानका डीएसपी दीपेश बस्यालले जानकारी दिए। प्रहरीका अनुसार शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला…