काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो । स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न थिए । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम…