३ वर्षदेखि बागलुङेकाे ‘चैन उडाइरहेकाे’ दब्लाङकाे पहिराे

बागलुङ । बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्लाङको पहिराेले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । ३ वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा…