जलेश्वर । महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रूपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ…